Logo

कांग्रेस काठमाडौं महानगरमा नीलकाजी शाक्यको प्यानल नै विजयी, देउवालाई धक्का



काठमाडौं, १७ असोज । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आज (आइतबार) भएको निर्वाचनमा शाक्यको प्यानल नै विजयी भएको हो । शाक्य नेतृत्वको प्यानल प्रकाशमान सिंह-गगन थापा समूहको प्यानल हो ।

शाक्यले ७८६ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी शेरबहादुर देउवा-कृष्ण सिटौला समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मात्रै प्राप्त गरे । त्यस्तै, उपसभापतिमा सन्तकुमार महर्जन र सुशीला ढकाल, सचिवमा सुशन बैद्य र पुरुषोतम खकुरेल तथा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्