Logo

बन्दै गरेको भवनमा विमान ठोक्कियो, अर्बपतिसहित ८ को मृत्यु



एजेन्सी, असोज १८ । उत्तर इटालीको सहर मिलानमा भएको हवाई दुर्घटनामा अर्वपतिसहित आठ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको केहि मिनेटमै उक्त जहाज बन्दै गरेको खालि भवनमा ठोक्किन पुगेको थियो ।

अन्तर्राष्ट्रिय समाचार माध्ययमका अनुसार दुर्घटनामा अर्बपतिसमेत रहेका ६८ वर्षीय विमानका चालक पेट्रेस्कु रोमानियासहित उनकी पत्नी र छोराको पनि मृत्यु भएको छ । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन् ।



प्रतिक्रिया दिनुहोस्