Logo

फ्रेन्च लिग वानः रेनससँग पीएसजी पराजित



काठमाडौं, १८ असोज । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । आइतबार राति भएको खेलमा पीएसजी रेनससँग २–० गोल अन्तरले पराजित भएको हो । खेलको ४५औं मिनेटमा गेटन लाबोर्डेले गोल गर्दै रेनसलाई सुरुआती अग्रता दिलाएका थिए ।

लगतै खेलको ४६औं मिनेटमा फ्लाभिन टइटले गोल गर्दै रेनसलाई २–० को जित दिलाए । पीएसजीले खेल अबधि भरि पोस्टमा टार्गेट गरेर प्रहार गर्न सकेन । अन्तिम पटक पीएसजी गत सिजन लिलीसँग पराजित भएको थियो । त्यसैयता अप्रिलपछि पीएसजीले हार ब्यहोरेको थिएन ।

जितसँगै रेनसले ९ खेलमा १२ अंक जोड्दै आठौं स्थानमा रहेको छ । पीएसजी भने २४ अंक जोड्दै लिगको शीर्ष स्थान रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्