Logo

एक रुपैयाँमै डिम्याट खाता खोल्न सकिने प्रभु क्यापिटलको अफर सार्वजनिक



काठमाडौं, १८ असोज । प्रभु क्यापिटलले डबल धमाका योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको चाडपर्व लक्षित यस अफरमा प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न पाइनुका साथै निःशुल्क शेयर बजार सम्बन्धी तालिम लिन सक्नेछन् ।

यो योजनामा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै शेयर बजार सम्बन्धी निःशुल्क विशेषज्ञ तालिम प्रदान गरिनेछ । त्यस्तै, प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तरगत छनौट गरिनेछ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसके पछि १ सय ९९ मा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिने जनाईएको छ ।

साथै यसरी दैनिक छनौट हुनुभएका १० जना भाग्यमानी ग्राहकहरुलाई हामीले प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट भएका ७० जना ग्राहकहरुलाई शेयर बजार सम्बन्धी आधारभुत तालिम प्रदान गर्नेछौं । जसमा नेपालको शेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ ।

यो योजनाको अवधि असोज १८ गते देखि कार्तिक २५ गते सम्म हुनेछ । यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ । साथै, दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिनेछ ।

 

 



प्रतिक्रिया दिनुहोस्