Logo

माधव नेपाल टिचिङबाट डिस्चार्ज



काठमाडौं,असोज १८ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आई १३ असोजको साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष नेपाल स्वास्थ्यलाभ गरी सोमबार विहान डिस्चार्ज भएका हुन् ।

अध्यक्ष नेपालको निजी सचिवालयले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्