Logo

फुमिओ किशिदा बने जापानको नयाँ प्रधानमन्त्री



काठमाडौं, असोज १८ । जापानको नयाँ प्रधानमन्त्रीका रुपमा फुमिओ किशिदाले औपचारिक जिम्मेवारी सम्हालेका छन्। उनले योहिहिदे सुगालाई प्रतिस्थापित गरेर जापानको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। सुगा एक वर्ष जापानको प्रधानमन्त्री रहे।

६४ वर्षका किशिदा गएको हप्ता जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा चयन भएका थिए।

किशिदालाई प्रधानमन्त्रीका रुपमा एलडीपीलाई आउँदै गरेको आम चुनावमा जीत दिलाउनुपर्ने जिम्मेवारी छ।



प्रतिक्रिया दिनुहोस्