Logo

इंग्लिस प्रिमियर लिगः भिल्लामाथि टोटेनहमको जित



काठमाडौं, १८ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले एस्टन भिल्लामाथि जित निकालेको छ । आइतबार भएको खेलमा टोटेनहमले भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको २७औं मिनेटमा पिएरे इमिल होब्जजर्गले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६७औं मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरी अवस्थामा ल्याएका थिए । तर, खेलको ७१औं मिनेटमा एस्टनका म्याट टार्गेटले आत्मघाती गोल गरेपछि टोटेनहमले २–१ को जित निकालेको हो । जितसँगै टोटेनहमले ७ खेलमा १२ अंक जोड्दै आठौं स्थानमा रहेको छ । एस्टन १० अंक जोडेर १०औं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्