Logo

आज श्रीलंका र नेपाल भिड्दै



काठमाडौं, असोज १८ । साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज सोमबार नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकासँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने श्रीलंका पहिलो जितको खोजीमा छ । यसअघिको खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पाखा लगाएको थियो ।श्रीलंकासमेत सोही नतिजाका साथ बंगलोदशलाई ३ अंक सुम्पिएको थियो ।



प्रतिक्रिया दिनुहोस्