Logo

भारतीय कांग्रेस आईकी महासचिव प्रियंका गान्धी पक्राउ



काठमाडौं, १८ असोज। भारतीय कांग्रेस आईकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशस्थित सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उत्तर प्रदेश कांग्रेसले गान्धीलाई प्रहरीले पक्रेर हिरासतमा राखेको जानकारी दिएको छ ।

उत्तर प्रदेशमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको थियो । सोही क्रममा सितापुरको हरगाउँमा फेला पारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । भारतका केही मिडियाहरुका अनुसार गान्धीलाई मन्दिर मार्गस्थित प्रहरी चौकीमा आधा घण्टा हिरासतमा राखेर पछि छाडिएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्