Logo

एभरेष्ट प्रिमियर लिगः चितवनले भैरहवालाई दियो १ सय ६५ रनको लक्ष्य



काठमाडौं, १८ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी—ट्वान्टी क्रिकेटमा चितवन टाईगर्सले भैरहवा ग्लाडियटर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन जोडेको हो ।

चितवनको लागि करिम जनतले सर्वाधिक ३५ रन जोडे, त्यस्तै मोहम्मद सहजादले ३२ रन जोडे भने सिकुगे प्रसन्नाले २४ रन बनाए । साथै, भिस सार्कीले १६, राजेश पुलामीले १४, दिलिप नाथले १३, देव खनाल ५ रन जोडे भने खडक बोहरा १ रन मात्र जाड्न सके । कमल सिंह ऐरी अविजित रहदै ७ रन जाडे ।

भैरहवाका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने कुशल मल्लले २ तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले समान एक-एक विकेट लिए । चितवन ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने भैरहवा ३ खेलमा ४ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्