Logo

मुमाराम खनालको टिप्पणी : शक्तिशाली नेताहरुलाई पार्टीबाट लखेटेर ओलीले म शक्तिशाली भएँ भन्नुको कुनै अर्थ छ र ? (भिडिओसहित)



काठमाडौं, १८ असोज । राजनीतिक विश्लेषक मुमाराम खनालले विधान महाधिवेशनबाट मात्रै अध्यक्ष केपी शर्मा ओलीलाई शक्तिशाली बनाईएको भन्ने कुरामा सत्यता नभएको बताएका छन् । उनले यो पार्टीको स्थापनादेखि नै ओलीलाई शक्तिशाली बनाउने संरचना बनाईएको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अध्यक्ष ओली शक्तिशाली भए भन्नु सत्य भएपनि आफ्नै घर भत्काएर एउटा कोठामा अब कोही पनि आउन पाउँदैन भनेर के पाईन्छ ? भन्दै प्रश्न गरे ।

उनले भने,‘नेकपालाई बचाउन सकेको भए उहाँ शक्तिशाली हुनुहुन्थ्यो । अरु पनि शक्तिशाली नेता हुन्थे । शक्तिशाली नेताहरुलाई पार्टीबाट लखेटेर म शक्तिशाली भएँ भन्नुको कुनै अर्थ छ र ?’ उनले नेकपाभन्दा बढि शक्तिशाली अहिलेको नेकपा (एमाले) नभएको पनि जिकिर गरे ।

एमालेको गोदावरीमा सम्पन्न विधान महाधिवेशन पार्टी विभाजन भएपनि म बलियो छु है भनेर देखाउने काम भएको उनको भनाई छ । उनले एमालेमा अहिले ओलीले जस्तो नीति र विधान बनाउँछु भन्यो त्यही बन्ने पनि अवस्था सुनाए । अहिले एमालेले ओलीलाई हेरेर विधान बनाएको पनि उनको आरोप छ ।

 

 



प्रतिक्रिया दिनुहोस्