Logo

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव नजरबन्दमा



एजेन्सी, १८ असोज । उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई प्रहरीले नजरबन्दमा राखेका छन् । उनलाई प्रहरीले सोमबार विहान प्रहरीले नजरबन्दमा राखेका हुन् ।

उनी उत्तर प्रदेशमा जारी किसान आन्दोलनमा सहभागी हुने कार्यक्रम थियो । उक्त कार्यक्रममा उनको सहभागीता नहोस् भन्दै उनलाई उनकै घरमा नजरबन्द गरिएको छ । उनको घर अगाडि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको जनाइएको छ । उनले गत आइतबार हिंसामा मृत्यु भएको किसानहरुका लागि मुख्यमन्त्री योगी आदित्य नाथका राजिनामा मागेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्