Logo

रहेनन् फिफाका पूर्व रेफ्री लब खत्री



काठमाडौं, १८ असोज । लब खत्री दशैं मनाउने सुरसार गर्दै थिए । उनले १६ साउनमा मात्र गेटको रँगरोगन गरेका थिए । रँगरोगन गरेको तस्बिर समेत फेसबुकमा राखेका थिए ।

सोमबार विहान उनी बाथरुममा लडे । आकस्मिक रुपमा मेडिसिटी अस्पताल लगिए पनि बचाउन नसकेको परिवार स्रोतले जनाएको छ ।

लब खत्री रेफ्री एशोशिएसन अफ नेपालका महासचिव पनि थिए । खेल क्षेत्रमा उनको महत्वपूर्ण योगदान छ ।

ललितपुरमा जन्मे हुर्केका लब खत्रीलाई जुझारु युवाका रुपमा कुनैबेला धेरैले चिन्थे । उनले शैक्षिक क्षेत्रमा समेत काम गरे ।-Photo Source: goalnepal.com



प्रतिक्रिया दिनुहोस्