Logo

एमाले र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच कार्यक्रममै चर्काचर्की (भिडिओसहित)



काठमाडौं, १८ असोज । नेकपा (एमाले) का नेता विनोद ढकालले विधान महाधिवेशन भव्यताका साथ सम्पन्न भएको र आफूहरुले लिएको उद्देश्य पूरा भएको दाबी गरेका छन् । उनले विधान महाधिवेशन प्रभावकारी बनाईएको सुनाए । उक्त महाधिवेशनमा ६ हजार तीन सय प्रतिनिधिहरु सहभागी भएको पनि सुनाए ।

उनले पार्टीको आगामी महाधिवेशनअघि नै राजनीतिक प्रतिवेदन पास गरिसकिएको सुनाए । उनले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई मार्कदर्शक सिद्धान्तको रुपमा अघि बढाएको पनि सुनाए । उनले अब पार्टी समाजवादी कार्यक्रमका साथ अघि बढ्ने पनि सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उता, नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रभावशाली नेता मेटमणि चौधरीले एमालेको विधान महाधिवेशन नियमित प्रक्रिया भएको सुनाए । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमालेलाई पहिलो नम्बरको पार्टी बनाउँछु भन्नु पनि हाँस्यास्पद भएको सुनाए । उनले ओलीले जनतामा गएर फेरि मत माग्ने अधिकार नै नभएको सुनाए । उनले ओली के मुख लिएर निर्वाचन जान्छन् ? भन्दै प्रश्न गरे । उनले केपी ओली कसरी शक्तिशाली भए ? भन्दै प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot