Logo

‘तारक मेहताका उल्टा चश्मा’ का नट्टु काकाको निधन



एजेन्सी, १८ असोज : भारतीय प्रख्यात टेलिभिजन शो ‘तारक मेहताका उल्टा चश्मा’ का नट्टु काकाको भुमिका निभाउँदै आएका घनश्याम नायकको निधन भएको छ। क्यान्सरका कारण उनको ७७ वर्षको उमेरमा आइतबार निधन भएको हो।

घनश्यामका छोरा विकासका अनुसार तीन महिना अघि उनको घाँटीमा केही गाँठा देखिएका थिए। त्यसपछि उनको उपचार चलिरहेको थियो। गत वर्ष मात्रै उनको घाँटीको शल्यक्रिया गरेर ८ गाँठा निकालिएको थियो। स्वास्थ्य अवस्थाका कारण उनी शोमा समेत पहिला जस्तै सक्रिय रुपमा देखापरेका थिएनन्। नट्टु काका शोमा सुरुवाती दिन देखि नै जोडिएका थिए।

घनश्यामले केही समयअघि शो ‘तारक मेहताका उल्टा चश्मा’ मा जोडिएपछि जीवनमा निकै परिवर्तन आएको बताएका थिए। घनश्यामले टेलिभिजनका साथै धेरै फिल्ममा समेत देखिसकेका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्