Logo

अस्पतालमा भेट्न नआएको भन्दै माधव नेपाल प्रधानमन्त्री देउवासँग असन्तुष्ट !



काठमाडौं, १८ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग रुष्ट बनेका छन् । ६ दिनको अस्पताल बसाईपछि अध्यक्ष नेपाल आज घर फर्किएका छन् । अस्पताल बसाईको क्रममा एक दिन पनि प्रधानमन्त्री देउवा आफूलाई भेट्न नआएकोमा उनले गुनासो पोखेको पाईएको छ । उनी अस्पतालमै भएको बेला प्रधानमन्त्री देउवा भेट्न जान लागेको भन्ने समाचार आएका थिए ।

खासगरी नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुषालले पनि प्रधानमन्त्री देउवा अध्यक्ष नेपाललाई भेट्न जान लागेको बताएका थिए । तर, अस्पताल बसाईको क्रममा प्रधानमन्त्री देउवा एक दिन पनि अस्पताल नगएको बरु उनले सरकारको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई पठाएका थिए ।

हुन त अध्यक्ष नेपालको सचिवालयले चिकित्सकहरुले नै भेटघाट बन्द गराएको भन्ने प्रतिक्रिया दिएको थियो । त्यही भएर भेटघाट बन्द गरिएको थियो । चिकित्सकहरूले अध्यक्ष नेपाललाई केही दिन घरमै आराम गर्न भनेका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाललाई त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोलीले उपचार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्