Logo

जीतेपछि निलकाजी शाक्यको प्यानल विहानै पुग्यो प्रकाशमान निवास (फोटोफिचर)



काठमाडौं, १८ असोज । नेपाली काँग्रेस काठमाडौं महानगरपालिका कमिटीका निर्वाचित पदाधिकारी विहानै पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगे । त्यहाँ उनीहरुको भव्य स्वागत र बधाई भयो ।

सिंह र उनकी धर्मपत्नी सृजना सिंहले काठमाडौं महानगरपालिका नेपाली काँग्रेस कमिटीका सभापति निलकाजी शाक्यसहितको पदाधिकारीलाई टीका र माला लगाइदिएका थिए । शाक्य लामो समययता सिंहका विश्वासपात्र हुन् ।

काठमाडौं महानगरपालिका नेपाली काँग्रेस कमिटीमा सिंहनिकटस्थले भारी मतले जित हासिल गर्नुलाई अर्थपूर्ण मानिएको छ । चुनावी नतिजाले सिंह उत्साही भएका छन् । उनी काँग्रेसभित्र बलियो बन्दै गएको विश्लेषण हुन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्