Logo

उत्तर र दक्षिण कोरिया बीचको हटलाइन सेवा पुनः सञ्चालन



काठमाडौं, १८ असोज । उत्तर र दक्षिण कोरियाले सीमापार हट लाइन सेवा सोमबार पुनः स्थापना गरेका छन् । सेवा पुनः सञ्चालन गरेसँगै दुई देशका अधिकारीबीच दुई महिनापछि टेलिफोन सम्पर्क भएको जनाइएको छ ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार बिहान ९ बजे सीमापार हट लाइन सेवा पुनः सञ्चालन गरिएको हो । हटलाईन शुरु भएसंगै दुवै देशबीचको तिक्तता वार्ताको मध्यमबाट समाधान हुने जनाइएको छ। दुवै देशले युद्ध अन्त्य गरी शान्ति सम्झौता गर्न चाहेको बताउँदै आएका छन् तर एकअर्काको क्रियाकलापबाट आश्वस्त हुन सकेका छैनन् ।

दक्षिण कोरियाका सामाजिक अभियन्ताहरुले बलुन प्रदर्शन गरेपछि दुवै देशबीचको हटलाइन सम्बाध बन्द भएको थियो । उत्तर कोरियाले उक्त प्रदर्शनले दुवै देशबीचको सम्बन्धलाई बिगारेका बताएको थियो । अक्टोबर महिना मै उत्तरकोयिाका नेता किम जोङले सीमा हटलाइन पुनः सुचारु गर्ने बताएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्