Logo

परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता



काठमाडौं, १८ असोज । परराष्ट्रमन्त्री नारायण खड्का र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ। उनीहरुबीच आज (सोमबार) परराष्ट्र मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो।

वार्तामा दुई मुलुकबीचको द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री खड्काले कोभिड-१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम