प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग्ने तयारीमा लोसपा


काठमाडौँ, १८ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने तयारी गरेको छ । आज (सोमबार) लोसपा संसदीय दलको बैठकले भ्रष्टाचार आरोप लागेका मुख्यमन्त्री राउतको राजीनामा माग्ने निर्णय गर्न लागेको हो । उक्त बैठकमा मुख्यमन्त्री राउतको विषयमा छलफल गरिरहेको जनाइएको छ। असोज २० गते बस्ने प्रदेशसभा बैठक अवरुद्ध गरी मुख्यमन्त्रीलाई नैतिकताका अधारमा राजीनामा माग्ने तयारीमा पार्टी जुटेको बुझिएको छ ।

गत बुधबार मुख्यमन्त्री कार्यालयमा ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तरगत अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले उजुरीको अधारमा छापा मारेको थियो । मुख्यमन्त्री राउत तत्काल निकै अप्ठ्यारोमा परेका छन् । अनुसन्धान आयोगले आफूमाथि नभई मुख्यमन्त्री कार्यलयमा छापा मारेको बताएका थिए ।-File Photo