Logo

भारतका विदेश सचिव र श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेबीच भेटवार्ता



१५ असोज: भारतका विदेश सचिव हर्षबद्र्धन श्रीङगलाले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षे बीच महत्वपूर्ण भेटवार्ता भएको छ । उनीहरुबीच आज सोमबार भेटवार्ता भएको हो। उनीहरुबीच बहुआयामिक द्विपक्षीय साझेदारीमा केन्द्रित रही वार्ता भएको जनाइएको छ। “छिमेकी प्रथम” भन्ने भारतको विदेश नीतिअनुसार छिमेकीलाई प्रथम प्राथमिकता दिएको कारण भारतका विदेश सचिव श्रीलंका पुगेका हुन्।

भारतका विदेश सचिवको यो भ्रमणलाई दुवै देशको महत्वका साथ हेरेका छन् । भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च सरकारी अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । भेटका क्रममा उनले दुई पक्षीय हित, साझा चासो, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदानप्रदान लगायतका विषयमा छलफल गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

विगतमा भएका सम्झौता र सहकार्यको समीक्षा गर्दै त्यसलाई पुनरावलोकन गर्ने बारेमा पनि उनीहरुका बीचमा छलफल हुने जनाइएको छ ।

कोरोनाभाइरसको महामारीका बेला भारतले गरेको सहयोगका लागि श्रीलङ्काको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । भारतले विगतमा पनि उच्च प्राथमिकताका साथ छिमेकी देशलाई कोरोनाभाइरसको महामारी विरुद्धको सहयोग गरेको थियो भने आगामी दिनमा पनि खोप लगायतका सहयोग बढाउने जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्