उडान भर्ने क्रममा यात्रुवाहक विमानमा चरा ठोकिएपछि…


एजेन्सी, १८ असोज। अमेरिकाको न्यू जर्सीस्थित रहेको एट्लान्टिक सिटी अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमानको एउटा इन्जिनमा उडान भर्ने क्रममा चरा ठोकिएपछि इन्जिमा आगो लागेको छ । शनिबार स्पिरिट एयरलाइन्सको फ्लाइट ३०४४ विमानस्थलबाट फोर्ट लाउडरडेल–हलिउड अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जान खोज्दै गर्दा अपराह्न पौने ६ बजे ठुलो चरा दाहिनेतर्फको इन्जिनमा ठोकिएको थियो ।

एयरलाईनको प्रवक्ताको भनाई उदृत गर्दै सञ्चारमाध्यम इन्डिवपेन्डेन्टले लेखेको छ,‘एउटा ठूलो चरा दाहिनेतर्फको इन्जिनमा फसेको थियो ।’ उक्त सामाचार प्राप्त भएसँगै विमानलाई रोकिएको थियो । त्यस विमान करिब १०२ जना यात्रु सहति ७ जना विमानका स्टाफ रहेका थिए । सबै यात्रुको सकुसल उद्दार गरिएको जनाइएको छ । इन्जिनमा आगो लागेपछि टेकअफ रोकिएको थियो । यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालेर टर्मिनल पुर्‍याइएको थियो ।-Photo Source: Independent