Logo

धमलाको हमलामा टिकटक–क्विन ट्वीन्स प्रिज्मा–प्रिन्सी, गरे प्रेमबारे यस्तो खुलासा (भिडिओसहित)



काठमाडौं, १८ असोज । टिकटक–क्वीन प्रिज्मा खतिवडाले आफ्नो प्रेमी सागर लम्साल ‘बले’ जस्तो पति जो कोहीले पाउनुपर्ने बताएकी छिन् । दर्शकहरुले आफूहरुको जोडीलाई मन पराएको बताउँदै उनले सागरजस्तो पति जो कोहीले पनि पाउनुपर्ने बताएकी छिन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएकी हुन् । तर, प्रिज्माले भने सागरसँगको आफ्नो प्रेम भने स्विकारेकी छैनन् । आफुहरु राम्रो साथीमात्र रहेको बताईन् । उनले सागरलाई सपोर्टिभ, सम्मान गर्ने, राम्रो र सफा मनको भएको भनेकी छिन् । उनले अहिलेको अवस्थामा आफुहरुबीच विवाहको कुरा नचलेको पनि स्पष्ट पारिन् ।

त्यसैगरी, प्रिन्सी खतिवडाले पनि आफुले अहिलेसम्म खोजेको जस्तो युवा नभेटाएको बताईन् । आफुले बलेसँग मात्रै म्यूजिक भिडियो खेल्छ भन्ने कुरा झुटो भएको बताउदै आफुहरु मन लागेको काम गरिरहेको उनले बताइन् ।

दुई बहिनी छुट्टिएर भिडियोमा काम गर्न नसक्ने बताउदै यदि त्यस्तो अवस्था आए आफुहरु अर्को पेशातिर लाग्ने बताईन् । आफुहरुको अर्को इन्टे«ष्ट क्याविन–क्रु भएको भन्दै यो उद्योगले आफुहरुलाई छुटउन चाहे आफुहरु त्यता जाने प्रिन्सीले बताईन् ।

अहिलेसम्म करिब ३५ वटा म्यूजिक भिडियो गरिसकेका टुइनि गल्सहरुले टिकटक र म्यूजिक भिडियोबाट लाखौं कमाइरहेका छन् । तर, उनीहरुले आफुहरुको पारिश्रमिक भने खुलाउन चाहेनन् ।



प्रतिक्रिया दिनुहोस्