Logo

निधि निवासमा प्रकाशमान र शशांक, बन्ला त नयाँ समिकरण ?



काठमाडौँ, १८ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । नेता निधि निवासमा भएको भेटवार्तामा आगामी १४औं महाधिवेशनलक्षित छलफल भएको बुझिएको छ ।

पछिल्लो समय यी तीन नेताबीच आगामी महाधिवेशनमा सहमतिमै एक जनाले सभापतिमा उम्मेद्धवारी दिने चर्चा छ। यसअघि पनि यी तीन नेता थुप्रैपटक यसरी भेटवार्तामा जुटिसकेका छन् । सभापति शेरबहादुर देउवालाई चूनौति दिने भन्दै कांग्रेसमा तीन नेताबीच नयाँ समिकरण बन्न लागेको हो । निधिले त सार्वजनिक कार्यक्रमको आयोजना नै गरेर सभापतिमा उम्मेद्धवारी दिने घोषणा गरिसकेका छन् । उता, सिंहले पनि आफू सभापतिबाट यसपटक ब्याक नहुने भनिसकेका छन् ।

महामन्त्रीसमेत रहेका डा. कोइरालाले भने अहिलेसम्म सभापतिमा उम्मेद्धवारी दिने सार्वजनिक घोषणा गरेका छैनन् । तर, उनीपनि यसपटक सभापतिमा उठ्नेगरि भित्रभित्रै तयारीमा लागेका छन् । कांग्रेसमा यी तीन नेतालाई विरासतको राजनीतिक गरेको आरोप लाग्ने गरेको छ । निधि नेता महेन्द्रनारायण निधिका छोरा हुन भने कोइराला विपी कोइरालाका र सिंह भने गणेशमान सिंहका छोरा हुन ।-Photo Source: U.p. Lamichhane



प्रतिक्रिया दिनुहोस्