Logo

जसपासँग निर्वाचनमा गठबन्धन हुँदैन : महतो



सप्तरी, १८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा)ले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको आरोप लगाएका छन् । आज (सोमबार) राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले मधेशलाई विभाजन गर्ने र कमजोर बनाउने खोजेको जसपासँग निर्वाचनमा गठबन्धन गर्न नसकिने बताए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘हामी एकता गरेर बलियो पार्न खोज्यौँ । तर, उपेन्द्रजीहरुले निर्वाचन आयोगमा गएर फुटाइदिनुभयो । त्यसैले चुनावी तालमेल गर्न गाह्रो हुन्छ ।’ यसअघि २०७४ सालमा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम र तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बीच गठबन्धन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्