Logo

काँग्रेस गोरखाको महाधिवेशन प्रतिनिधिमा सांसद दवाडी विजयी



गोरखा, १८ असोज । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ को महाधिवेशन प्रतिनिधीमा सांसद प्रकाशचन्द्र दवाडी अत्याधिक मतले विजयी भएका छन् । काँग्रेस गोरखाको शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनको मतगणनाअनुसार सांसद दवाडीले ४ सय ३३ मत ल्याई विजयी भएका हुन् ।

लामो समयदेखि गोरखाको राजनीतिमा सक्रिय दवाडी गोरखा क्षेत्र नं २ प्रदेख (ख)बाट निवाचित सांसदसमेत छन् । उनले विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा पनि अत्यधिक मतले विजयी भएका थिए ।-Photo Source: Prakash Chandra Dawadi



प्रतिक्रिया दिनुहोस्