Logo

मन्त्रालय भागबण्डाको जिम्मा प्रचण्डलाई, सिंहदरबारमा प्रचण्ड–पौडेल भेटवार्ता (कुन पार्टीलाई कति मन्त्रालय ?)



काठमाडौं, १८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय भागबण्डामा सहमति जुटाउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएका छन् । सत्तापक्षीय गठबन्धनका नेताहरुबीच मन्त्रालय भागबण्डामा नै सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले यसबारेमा सहमति जुटाउन दाहाललाई आग्रह गरेका थिए ।

पछिल्लो समय सांसदको संख्याको अनुपातमा मन्त्रालय भागबण्डा गरिनुपर्ने कुरा उठेको थियो । तर, गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नमानेपछि यसबाट देउवा र दाहाल ब्याक भएका हुन् । उता, काग्रेसभित्र पनि देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई मिलाउन हम्मेहम्मे परेको थियो ।

मन्त्रालय भागबण्डामा सहमति खोज्ने उद्देश्यले आज दाहालले कांग्रेस वरिष्ठ नेता पौडेलसँग सिंहदबारमा छलफल गरेका थिए । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा मन्त्रालय भागबण्डाको कुरा मिलेको हो । आज भएको नयाँ सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्रालय राख्ने भएको छ ।

त्यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने क्रमशः पाँच/पाँच वटा मन्त्रालय पाउने भएका हुन् । कांग्रेसबाहेक तीन दलले एक/एक जना राज्यमन्त्री पनि पाउने भएका हुन् । कांग्रेसमा वरिष्ठ नेता पौडेल पक्षले भने दुई वटा मन्त्रालय पाउने भएको छ । आजै मन्त्रीहरुको नाम टुँगो लगाउने र भोलिसम्म सरकारलाई पूर्णता दिने प्रधानमन्त्री देउवाको तयारी छ । file photo

 



प्रतिक्रिया दिनुहोस्