Logo

ललिता निवास जग्गा प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते आउने



काठमाडौं, १८ असोज । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास जग्गा प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै हालेको रिटमाटिको सुनुवाई सकिएको छ ।

तर, उक्त मुद्दाको फैसला भने कार्तिक १५ गते आउने भएको छ । उक्त रिटमाथि आज सनुुवाई भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले सुनुवाई गरेको हो ।

माधव नेपाल र बाबुरामविरुद्ध मुद्दा चलाउन माग गर्दै दायर रिटमाथि सुनुवाई सम्पन्न, आजै फैसला आउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको १ सय १४ रोपनी सरकारी जग्गा व्यक्ति नाममा ल्याउन भूमिका लेखेको अभियोगमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अधिवक्ता न्यौपानेले भने माधव नेपाल र बाबुराम भट्टराईलाई छाडेको भन्दै रिट दायर गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्