Logo

इपीएल हेर्न गएकी मनिषा कमेन्ट्री बक्समा देखिएपछि…



काठमाडौँ, १८ असोज । चौथो संस्करणको एभरेष्ट प्रेमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटमा आज काठमाडौँ किङ्स–११ र पोखरा राइनोजबीचको खेल हेर्न पुगेकी बलिउड स्टार मनिषा कोइराला कमेन्ट्री बक्समा देखिएकी थिइन् । उनी कमेन्टेटर चारु शर्मासँग कमेन्ट्री बक्समा देखिएकी हुन् ।

कमेन्ट्री बक्समा केहि समय देखिएकी मनिषाले नेपाली चलचित्र क्षेत्र, आफ्नो नेपाल–भारत यात्रा, नेपालका पर्यटन क्षेत्र र क्रिकेटको बारेमा विश्लेषण गरेकी थिइन् ।

क्रिकेटलाई कसरी हेर्नुहुन्छ ? भन्ने कमेन्टेटर चारुको प्रश्नमा उनले आफु विधार्थी कालमा भलिबल खेल्ने तर, आफ्नो परिवारमा क्रिकेटको प्रभाव निकै रहेको कारण आफुलाई पनि क्रिकेट मनपर्ने बताएकी थिइन् ।
उनले नेपालको पर्यटकीय क्षेत्र, नेपालका खानाका परिकारलगायत विभिन्न विषयमा उनले चर्चा गरेकी थिइन् । मनिषाले आफुलाई बुढानिलकण्ठ, नागार्जुन जस्ता ठाँउमा हाइकिङ जान मन पर्ने बताएकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्