Logo

मन्त्रालय भागबण्डाबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच निर्णायक वार्ता सुरु



काठमाडौं, १८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । सरकारलाई पूर्णता दिने विषयमा देउवा र दाहालबीच निर्णायक वार्ता सुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा मन्त्रालयको भागबण्डाबारे सहमति हुने भएको हो । मन्त्रालय भागबण्डाबारे सहमति हुन नसक्दा अहिलेसम्म सरकारले पूर्णता नपाएको हो । तर, आज प्रचण्डले मन्त्रालय भागबण्डाबारे छलफल अघि बढाएका छन् ।

प्रधानमन्त्री देउवासँग छलफलमा बस्नुअघि प्रचण्डले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । नयाँ सहमतिअनुसार कांग्रेसले ७, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले ५/५ वटा मन्त्रालय र एक/एक जना राज्यमन्त्री लिने भएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्