Logo

एमालेका पूर्वसांसद इच्छाराज तामाङ पक्राउ



काठमाडौं, असोज १९ । नेकपा एमालेका पूर्वसांसद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेका छन् । उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार सुन्धाराबाट पक्राउ गरेको हो ।

एमालेका पूर्वसभासद तथा सिभिल बैंकका अध्यक्ष तामाङसहित पक्राउ परेकाहरूमाथि करोडौँ रुपैयाँ ठगीको आरोप लागेको छ । उनीहरूविरुद्ध ४६ करोड रुपैयाँ ठगीको उजुरी परेको र सोही आधारमा पक्राउ गरिएको बताइएको छ ।

७० जना निक्षेपकर्ताले तामाङसहितको समूहले ठगी गरेको उजुरी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्