Logo

श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा



काठमाडौं, असोज १९ । श्री एयरलाइन्सको  ९ एन ए एन एफ जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ । ट्याक्सी वेबाट चिप्लिएको जहाज घाँसे मैदानतिर पुगेको हो ।

घाँसे मैदानतिर पुगेको हुनाले अरु जहाज उडानमा अवरोध नआएको विमानस्थलले जनाएको छ । जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदान भएपट्टि गएको हो । जहाजको पांग्रा ट्याक्सिवेबाट बाहिर गएपनि कुनै क्षति भएको छैन ।



प्रतिक्रिया दिनुहोस्