Logo

दशैं तिहारको अवसरमा ग्यापुको अप्रिलिया स्कुटर जित्ने मौका



काठमाडौं, १९ असोज । अनलाइन इ–कमर्स कम्पनी ग्यापुले दशैं तिहार धमाका अफर सार्वजनिक गरेको छ । नेपालीहरूको महान् चाड दशैं तिहारको अवसर पारेर शुक्रबारदेखि सुरु भएको यो अवसरमा अप्रिलिया स्कुटर जित्ने मौका रहेको रहेको छ ।

कम्पनीको अनुसार ग्यापु अनलाइन स्टोरबाट सामान खरिद गर्ने ग्राहकहरूले ८० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने साथमा बम्पर उपहारमा पनि जित्न सक्नेछन् । यो छुट विद्युतिय समाग्री, मोबाइल ग्याजेट, कपडा लगायत सम्पुर्ण क्याटगोरीको समाग्रीहरूमा उपलब्ध हुनेछ बताइएको छ ।

यस अफर अन्तर्गत एनआईसी एसिया बैंकको डेभिड वा क्रेडिट कार्डबाट पेमेन्ट गर्दा ग्राहकले १५ प्रतिशत सम्म क्यासब्याक अफर प्राप्त गर्न सक्छन् । ग्राहकले प्रत्येक युनिक कार्डबाट गरेको कारोबारमा १५०० रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्छन् ।

त्यस्तै, एनसीसी बैंकको डेभिड र क्रेडिट र एनसीसी स्मार्ट युजर कार्ड प्रयोग गरेर सामान खरिद गरेमा २० प्रतिशत अथवा ५०० रुपैयाँ सम्मको क्यास ब्याक अफर प्राप्त गर्न सक्छ्न । इ सेवा प्रयोग गरि सामान अर्डर गर्ने मध्ये हरेक दिन २ जनाले लक्की ड्र मार्फत सय प्रतिसत क्यास ब्याक पाउने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्