मेगा बैंकका ग्राहकलाई ल्याटिन एबिएस सर्भिस सेन्टरमा बिशेष छुट


काठमाडौं, १९ असोज । ल्याटिन एबिएस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै नयाँ सेवा संचालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको छ ।

कम्पनीको अनुसार मेगा बैंकका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध गराउने छ ।

कम्पनीले मेगा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगतकर्तालाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो । कम्पनीले मेगा बैंकमा खाता नभएका दुई पांग्रे सवारी साधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्नेछ ।