Logo

गौरीफन्टा नाकामा ‘रानी’ को निगरानी



कैलाली, असोज १९ । कैलालीको गौरीफन्टा नाकामा चेकजाँचका लागि कुकुरलाई खटाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयनमा प्रदेश प्रहरी कार्यालयको प्राविधिक टालेलीले ‘रानी’ नामक कुकुरसहित उक्त क्षेत्रमा निगरानी सुरु गरेको हो।

दसैँ तिहारका लागि भारतबाट घर फर्किने नेपालीले बोकेर ल्याएको सामान चेकजाँच भइरहेको छ। विषेशगरी विष्पोटक पदार्थ र लागुऔषध नेपाल भित्रिन नदिनका लागि कुकुरमार्फत चेक गरिरहेको प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोलीले जनाएको छ।

अब नियमित रुपमा नाकामा कुकुरको निगरानी हुने प्रहरीले जनाएको छ। प्रदेश प्रहरीसँग रानीसँगै लिली, मिसन र फुच्चे नामका कुकुर रहेका छन्।



प्रतिक्रिया दिनुहोस्