Logo

प्रधानन्यायाधीश जबराले बोलाए ‘फुलकोर्ट’



काठमाडौं, १९ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको फुलकोर्ट बोलाएका छन् । दिउँसो १ बजेपछि बस्ने बैठकमा दसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने बताईएको छ ।

सर्वोच्च अदालतमा दसैं विदाको अवधिमा पनि बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिंदैन । पछिल्लो समय प्रधानन्यायाधीश जबराले मन्त्रिण्डलमा भाग खोजेको भन्ने समाचार पनि आएको छ ।

आज बस्ने फुलकोर्टमा यो विषयले पनि प्रवेश पाउने बुझिएको छ । यद्धपी सर्वोच्च अदालतले हिजै एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डलमा भाग खोजेको भन्ने समाचारमा कुनै सत्यता नभएको भन्दै स्पष्ट पारिसकेको छ । file photo



प्रतिक्रिया दिनुहोस्