Logo

मलेसियाको समुन्द्री क्षेत्रमा चिनियाँ युद्वपोत, दुवै देशबीच चर्कियो विवाद



एजेन्सी, १९ असोज । मलेसियाको समून्द्री क्षेत्रमा चिनियाँ युद्वपोत देखा परेपछि मलेसियाली सरकाले आपत्ती जनाएको छ । मलेसियाको समून्द्री क्षेत्रमा चिनियाँ गतिविधि देखिएपछि मलेसियाका लागि चिनियाँ राजदूतलाई मेलेसियाली सरकारले सोमबार भेट्न बोलाएका थिए । उनीहरुबीच उक्त गतिविधिबारे भेटवार्ता भएको थियो ।

उक्त गतिविधिप्रति मलेसियाली सरकारले चीनसित आपत्ती जनाएको छ । उक्त सम्बन्धमा केन्द्रित रही मलेसियाका विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो । उक्त विज्ञप्तिमा लेखिएको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले लेखेको छ,‘अन्तर्राष्ट्रिय कानून अन्तरगत मलेसियाले आफ्नो क्षेत्रलाई निर्धारण गेरेको छ ।

हामी आफ्नो समून्द्री क्षेत्रको बचावका लागि लड्ने छौँ ।’ चिनियाँ युद्वपोतहरु कुन समयमा देखा परेको विषयलाई मन्त्रालयले स्पष्ट पारेको छैन् । उक्त विषयमा क्वालालम्पुरस्थित रहेको चिनियाँ राजदूतले कुनै स्पष्टिकरण दिएको छैन् । गत साता मिडिया रिपोर्टले चिनियाँ पोतहरु मलेसियाको समून्द्री क्षेत्रमा देखा परेको बताएको थियो । चीनले उक्त पोतहरु आफ्नो दैनिकी गतिविधि गरिरहेको स्पष्ट पारेको जनाइएको छ । साउथ चाइना सीको सम्पूर्ण विवाद सकारात्मक र शान्तिपूर्ण ढंगले समाधान गरिने मलेसियाली विदेश मन्त्रालयले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्