Logo

कोरोना जोखिमबीच दसैं बजारमा भीड



काठमाडौं, असोज १९ । नेपालीहरुको ठूलो पर्व दसैं नजिकिएसँगै बजारमा किनमेल गर्नेहरुको भिड बढेको छ ।

काठमाडौंका सहित देशैभर नै बजारहरुमा चहलपहल बढेको हो । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै दशैका लागि सामान किन्नेहरुको बजार भिडभाड अत्याधिक बढेको छ । यसले संक्रमणको जोखिम बढाएको छ । सामानहरुको मूल्य धेरै बढेको गुनासो सर्वसाधारणको छ ।

बजारमा खाद्य वस्तुको किनमेलमा उपभोक्ताहरु बढी ब्यस्त हुन थालेका बेला सरोकारवाला निकायहरुले बजार अनुगमन नगरिदिँदा कैलालीका उपभोक्ताहरु मारमा परेका छन् । दसैं नजिकिएसँगै ब्यापारीहरुले बजारमा अखाद्य बस्तुको बिक्रि वितरण र मूल्य बृद्धि गरेको उपभोक्ताहरुको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जिल्ला प्रशासन कार्यालयले निरन्तर अनुगमन नगरेपनि छड्के अनुगमन गर्दै आइरहेको र अब नियमित अनुगमन गर्ने बताउनुभएको छ । स्थानीय तहले भने अनुगमन गर्ने अन्य निकायहरुले समन्वय नगरिदिँदा अनुगमनमा समस्या भइरहेको भन्दै पन्छिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्