Logo

शाहरुख खानका छोरा आर्यनलाई ७ अक्टोबरसम्म एनसीबीले हिरासतमा राख्ने



एजेन्सी, १९ असोज: बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई ७ अक्टोबरसम्म हिरासतमा राख्ने भएको छ । आर्यनलाई ७ अक्टोबरसम्म एनसीबीले हिरासतमा राख्ने भएको हो ।

भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो ‘एनसीबी’ले आर्यनलाई हिरासतमा राख्न ११ अक्टोबरसम्मको मिति माग गरेपनि अदालतले ७ अक्टोबरसम्मका लागि हिरासतमा राख्न आदेश दिएको भारतीय मिडियाले उल्लेख गरेको छ।

शनिबार मुम्बईस्थित एक क्रुजमा एनसीबीले छापा मार्दा भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यनसहित १३ जनालाई नियन्त्रणमा लिएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्