Logo

मन्त्रालयको भागबण्डा लगाउन बालुवाटारमा गठबन्धनको बैठक, माधव नेपालपनि सहभागी



काठमाडौं, १९ असोज । मन्त्रालयको भागबण्डा टुँगो लगाउन सत्तापक्षीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन् ।

आजै मन्त्रिपरिषद् विस्तार गर्नेगरि नेताहरु छलफलमा जुटेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । यसअघि माओवादी केन्द्रले भने मन्त्रीहरुको नाम टुँगो लगाएको र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई लिष्ट बुझाएको बताईएको छ ।

स्रोतकाअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७ वटा मन्त्रालय राखेको छ । उता, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालले भने एक/एक राज्यमन्त्रीसहित ५÷/५ वटा मन्त्रालय पाउने भएका छन् ।

माओवादी केन्द्रबाट यसअघि नै दुई मन्त्री बनिसकेका छन् । अब माओवादीले तीन जनाको नाम दिने भएको हो । प्रचण्डले देवेन्द्र पौडेल, अञ्जना विशुंखेको नाम तय गरिसकेका छन् । बाँकी एक जनाको नाम भने फाईनल हुन बाँकी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot