Logo

लखिमपुर खेरी भ्रमण गर्न मोदीलाई प्रियंकाको चूनौती



एजेन्सी, १९ असोज । भारतीय काँग्रेस आईकी महासचिव प्रियंका गान्धी वाड्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लखनउ भ्रमण गर्न चूनौती दिएकी छिन् । उनले ट्वीटरमार्फत एक भिडियो जारी गर्दै उक्त क्षेत्रमा भ्रमण गर्न मोदीलाई उनले चूनौती दिएकी हुन् ।

प्रियंकाले जारी आन्दोलनको भिडियो हेर्नु भएको छ की छैन् भन्दै प्रश्न तर्साएकी छिन् । उक्त भिडियोमा गाडीले किसानलाई कुल्चिएर अगाडि बढिरहेको देख्न सकिन्छ । उक्त दोषीलाई कहिले कारवाही हुन्छ भन्दै मोदीसँग प्रश्न गरेकी छिन् । प्रियंकाले मोदीलाई किसानको विषयलाई छिटो भन्दा छिटो सम्बोधन गर्न आग्रह गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्