Logo

पार्टीको महाधिवेशनपछि आन्दोलन गर्ने कमल थापाको उद्घोष



बिर्तामोड, १९ असोज । । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन राप्रपाको निमित्त पुनर्जागरण भएको  बताउदै महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने  बताएका छन् ।  पुर्बान्चल क्षेत्रको भ्रमणका क्रममा आज बिर्तामोड पुग्नुभएका थापाले नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदुरदर्शिता र अकर्मण्यताको कारण मुलुक संकटग्रस्त भएको बताउदै भ्रस्टाचारले देशलाई थला पारेको बताए।
धर्मपरिबर्तन,बेरोजगारी समस्या समाधान नगरे मुकुक थप बर्बादीतर्फ धकेलिने थापाको टिप्पणी थियो । केन्द्रमा पार्टी एकता पछि तल्लो तहसम्म एकताको सन्देश पुर्याउन नसकिएको भन्दै थापाले अब नयाँ उत्साह र उर्जा दिनको निमित्त सक्रियता र गतिशीलता जरुरी भएको बिचार ब्यक्त गरे । पार्टी संचालनका क्रममा केही त्रुटि र कमजोरी भएको स्विकार्दै थापाले आगामी दिनमा बिगतका कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता ब्यक्त गरे ।
मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने आफ्नो योजनालाई सबैको साथ सहयोग लिएर पूरा गराई छाड्ने दृढता समेत थापाले ब्यक्त गरे । निष्ठा , सिद्धान्त र आदर्शको राजनीति अहिलेको आबश्यकता भएको चर्चा गर्दै थापाले राष्ट्रिय स्वाधिनताको निमित्त राष्ट्रबादी देशभक्त शक्तिहरु एक ठाउँमा उभिनु पर्ने आबश्यकता समेत औल्याए । सो अबसरमा पार्टीका नेताहरु राजेन्द्र लिङ्देन, राम थापालगायतको उपस्थिति रहेको थियो भने जिल्ला अध्यक्ष केशब ओझाले जिल्लाको सांगठानिक अबस्थाबारे जानकारी गराएका थिए।



प्रतिक्रिया दिनुहोस्