Logo

प्रतिनिधिसभाको बैठकमा आजपनि एमालेको अवरोध, अर्को बैठक असोज २२ गते दिउँसो १ बजे बस्ने



काठमाडौं, १९ असोज । प्रतिनिधिसभाको आजको बैठक स्थगित् भएको छ । अर्को बैठक यही असोज २२ गते शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले राष्ट्रममा उभिएर नाराबाजी गरेका थिए ।

एमालेले पछिल्लो दिनमा संसद् अवरोध कायमै राखेको छ । आजको बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६÷७७’ पेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्