Logo

सयभन्दा बढी सङ्गीतकारहरूले अफगानिस्तान छाडे



१९ असोज: तालिवानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन्।

अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमबार साँझ दोहा आइपुगेका छन् । उक्त समूहका अहमद सरमस्तले देशको नयाँ तेतृत्वबाट गीत-सङ्गीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन् ।

अफगानिस्तान नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक सरमास्तले भने, “ती महिला र केटीहरू मध्ये लगभग आधा महिला र केटीहरू त्यहाँको सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन्।”

काबुलस्थित कतारी दूतावासको सहयोगमा सङ्गीतकारहरूलाई सानो-सानो समूहमा विभाजित गराएर शहरको विमानस्थलसम्म पुर्याइएको थियो। तालिवानी लडाकुहरूले काबुलमा कब्जा जमाएपछि तालिवानीहरूले विमानस्थलको व्यवस्थापन गरिरहेका थिए। तालिवानीहरूले महिला तथा बालबालिकालाई बाहिर जान अवरोध गरिरहेका थिए । तर, कतारी अधिकारीहरूले भने त्यसको सहज व्यवस्थापन गरिदिएका थिए ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्