Logo

वर्तमान परिस्थितिमा कांग्रेस नेतृत्वको लागि देउवा उपयुक्त पात्र हो : सरिन घिमिरे (भिडिओसहित)



काठमाडौं, १९ असोज । प्रमुख सत्तारूढ नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका केन्द्रीय सदस्य तथा युवा नेता सरिन घिमिरेले वर्तमान परिस्थितिमा पार्टी सभापति शेरबहादुर देउवाको आवश्यकता रहेको बताएका छन् । घिमिरेले सबै प्रकारको, युवाको जोस जाँगरसमेत देउवामा भएको भन्दै अहिलेको कांग्रेसको नेतृत्वको लागि उपयुक्त पात्र भएको रिपोर्टर्स क्लबको युट्युब च्यानलबाट प्रशारण भएको कार्यक्रम ‘वैचारिक मन्थन’मा पत्रकार सचिना बानियाँसँगको कुराकानीको क्रममा यस्तो टिप्पणी गरेका  हुन् ।

उनले देउवामात्र एक्लै नभएर उनको समुहले सबैलाई समेट्ने उनको भनाई थियो । केपी शर्मा ओलीको बजेटलाई बिरोध नजनाएर प्रतिपक्षी दल नेपाली कांग्रेसले सहयोग गरेको बताए । एमाले आन्तरिक रुपमै कमजोर भएर ओलीको सरकार आफैँ ढलेको पनि उनको भनाई छ । भित्रैदेखि कमजोर भएपछि अरुले ढलाउन नपर्ने उनको भनाई  थियो । मन्त्रिमण्डल गठनमा ढिलाई हुँदा अहिले नै सरकार असफल भएको भन्न नमिल्ने उनको तर्क थियो । केही दिनभित्र मन्त्रिमण्डलले पुर्णता पाउने उनले विश्वास दिलाए । सरकारको नेतृत्वमा देउवा आफैँ नआएर उनको आवश्यकता महशुस भएपछि उक्त जिम्मेवारी वहन गरेको पनि घिमिरेको भनाई छ ।

ओली सरकारमा हुँदा विदेश मामिलामा एउटा देशसँग निकटता राखेर अर्को देशसँग टाढिएको जस्तो हर्कत गरेर गल्ती गरेको आरोप लगाए । उनले भने,‘भोट बढाउन मात्र ओलीले यस्तो गरेको देखियो । घरभित्रको राजनीतिलाई अन्तराष्ट्रिय राजनीतिसँग जोडीदिनु अति नै दुःखको कुरा हो । अन्तराष्ट्रिय सम्बन्ध भनेको सधै एकै प्रकारको सधै उस्तै हुनुपर्छ । निरन्तर बगिरहनुपर्छ ।’

नेपालको छिमकीसँगको सीमा विवाद समाधानको लागि सरकारको तर्फबाट एउटा रिपोर्ट तयार भएको बताए । त्यस्तै, उनले एमसीसी संसदबाट पारित गर्नुपर्नेमा जोड दिँदै भने,‘नेपाल ९÷१० वर्षदेखि एमसीसीसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागी हुँदै आएको छ, बाहिर हल्ला भएजस्तो केही होइन् ।’ उनले चैत्र अन्तिमसम्ममा सबै नेपालीले कोभिड विरुद्धको खोप लगाउन पाउने जिकिर गरे ।

 



प्रतिक्रिया दिनुहोस्