Logo

फिनिक्स डिस्टिलरीले नेपालमै उत्पादन गर्न थाल्यो ह्विस्कीका नयाँ ब्रान्डहरु



काठमाडौं, १९ असोज । सरकारले नयाँ मदिरा उद्योगको अनुमति दिएपछि अहिले मुलुकमा धमाधम नयाँ मदिराका ब्रान्डहरु बजारमा आइरहेका छन्  । स्वदेशी ब्रान्डले नै उपभोक्ताको चाहना बमोजिमको गुणस्तर र स्वाद पस्किन थालिसकेपछि विदेशी रक्सीका ब्रान्डहरु विस्थापनको तयारीमा छन् । यहि कारणले नेपाली मदिरा बजारमा अत्यधिक प्रतिस्पर्धा पनि बढ्दै गएको छ ।

नेपालमा ह्विस्की, बियर, वाइन, रम, भोड्का, जिनलगायत सबै प्रकारको मदिरा उत्पादन हुदै आएका छन् । यसका साथै नेपालमा विभिन्न कम्पनीहरुले अन्तर्राष्ट्रिय स्तरका महँगा रक्सिका ब्रान्डहरु उत्पादन गर्दै आइरहेका छन् । करोडौं लगानी गरेर स्वदेशी ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन कम्पनीहरुले नयाँ नयाँ मदिराको उत्पादन सुरु गरेका हुन । हाल एउटा कम्पनीले एकपछि अर्को मदिराको ब्रान्ड बजारमा ल्याएको छ । हेटौडा मकवानपुर स्थित फिनिक्स डिस्टिलरीले प्रालिले हाल सम्म नेपालकै उत्कृष्ट ह्विस्की उत्पादन गरिरहेको छ । उक्त कम्पनीको पहिलो उत्पादन व्डढ क्ष्लनभि द्यबचचभ िःबति ह्विस्की हो।

यो ह्विस्की बजारमा अत्यधिक माग बढेको छ । कम्पनीका अनुसार व्डढ कै अर्को ब्रान्ड रातो बोतलमा नयाँ उत्पादन अघिल्लो हप्ता बजारमा गएको छ । यी दुवै ह्विस्की अन्तर्राष्ट्रिय स्तरको भएको उत्पादन हुन । हालमा बजारमा बिस्तारै यसको माग बढ्दै आएको कम्पनी बताउँछ ।



प्रतिक्रिया दिनुहोस्