Logo

सोमबारको वर्षाको प्रभाव, काठमाडौं र भैरहवा बीचको खेल स्थगित



काठमाडौं, १९ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्स बिचको खेल स्थगित भएको छ । सोमबारको वर्षाका कारण भिजेको आउटफिल्डको कारण मंगलबार काठमाडौं र भैरहवाबीचको खेल हुन नसकेपछि दुबै टोली अंक बाँड्न बाध्य भएका हुन् ।

खेल स्थगित भएसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । लिग चरणको अन्तिम खेल स्थगित भएसँगै काठमाडौं चौथो हुँदै प्लेअफमा पुगेको छ । साथै, अब एलिमिनेटरमा तेस्रो स्थानमा रहेको भैरहवा र चौथोमा रहेको काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरि इपिएलको क्वालिफायरमा शीर्ष स्थानको चितवन टाइगर्स र दोस्रो स्थानको पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर प्याट्रियट्सको प्लेअफ पुग्ने सम्भावना टरेको छ । ईपीएलमा क्यालिफायर चरणका खेलहरु भोली (बुधबार)बाट हुनेछ ।

पहिलो क्वालिफायर भोली (बुधबार) बिहान ९ः३० बजे सुरु हुनेछ । त्यसैगरि एलिमिनेटर पनि भोली १ः३० बजे नै हुनेछ । दोस्रो क्वालिफायर बिहीबार हुनेछ भने फाइनल शनिबार हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्