Logo

माछापुच्छ्रे बैंकका कर्मचारी सम्मानित



काठमाडौं, १९ असोज । माछापुच्छ्रे बैंकले २२ औं वर्षमा प्रवेश गरेको अवसरमा कर्मचारी सम्मानित भएका छन् । बैंकले २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको हो । यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यासब्याक अफर आइतबारसम्मका लागि थियो ।

अफरअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ–कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक दुई सय १० सम्म र अफर अवधिभर अधिकतम २१ सय सम्मको क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको छ ।

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरु पनि बैंकले प्रदान गरिरहेको जनाएको छ । डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाइल बैंकिङबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot