Logo

कालो ड्रेसमा दिशा पटानीको तस्विर भाइरल, टाइगर श्राफले गरे यस्तो टिप्पणी



एजेन्सी, १९ असोज । बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्। उनी प्राय आफ्ना हट र ग्ल्यामरस तस्वीरहरु फ्यानहरुसंग सेयर गर्छिन्।

हालै, दिशाले फ्यानहरुसंग उनको आकर्षक तस्वीर शेयर गरेकी छिन्। तस्वीरमा दिशा कालो कपडा लगाएर हट स्टाइलमा पोज दिईरहेकी छिन्।

दिशाको यो हट तस्बिरमा कमेन्ट गरेर प्रशंसकहरुले उनको प्रशंसा गरिरहेका छन्। दिशाको कथित प्रेमी टाइगर श्राफले पनि यो तस्वीरमा टिप्पणी गरेका छन्। टाइगर श्राफले कमेन्ट गर्दा फायर एण्ड हार्टको इमोटिकन बनाएका छन्।

दिशा पटानीले प्राय उनको बोल्ड तस्वीरहरुले प्रशंसकहरुलाई मनोरन्जन दिने गर्छिन् । पटानीको हट र आकर्षक शैली धेरै प्रशंसकहरुले मन पराउछन् । दिशा पटानी पछिल्लो पटक सलमान खानको राधेमा देखिएकी थिइन्। उनी चाँडै नै ‘एक भिलेन रिटर्न्स’ मा देखिदैछिन् ।



प्रतिक्रिया दिनुहोस्