Logo

बलिउडका चर्चित कलाकार नेपालमा, अनुपमले भने, ‘यहाँ आउदा शान्ति मिल्छ’



काठमाडौं, १९ असोज । बलिउडका चर्चित कलाकारहरु नेपाल आएका छन् । अभिनेता अनुपम खेर, अभिनेत्री परिणिति चोपडा, अभिनेता बोमन इरानी, सारिका हसन लगाएत चलचित्र छायांकनको लागि असोज १७ गते आइतबार नेपाल आएका हुन् ।

सुरज बडजात्याको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘उचाई’ फिल्मको छायांकनको लागि आएका कलाकारको टोलीले आज पशुपतिनाथको दर्शन गरेका छन् ।

अनुपम खेरले आज सामाजिक सञ्जालमार्फत नेपाल र बिशेष गरी पशुपतिको दर्शन गर्दा आफुलाई निकै शान्ति मिल्ने बताएका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्